समाज


विद्यालयको बसले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु, चालक पक्राउ

विद्यालयको बसले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु, चालक पक्राउ

नेपालखबर
माघ १२, २०८२ सोमबार ११:३०, काठमाडौँ

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालयको बसले ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ।

नेपाल नमूना मावि केउरेनीको लु.१ क ३८१४ नम्बरको बसले ठक्कर दिँदा सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत चार वर्षीय बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए।

विद्यालय हाताभित्र बस घुमाउने क्रममा दुर्घटना भएको हो।

मृत्यु हुनेमा बाराको कलैया नगरपालिका–६ स्थायी घर भई हाल देवचुली–१४ छत्तिसघरे बस्ने बिबु पासवानकी चार वर्षीय छोरी सुश्माकुमारी पासवान छिन्।

दुर्घटनामा गम्भीर घाइते भएकी बालिकालाई उपचारको लागि देवचुली नगर अस्पताल लगिएको थियाे। उपचारकै क्रममा चिकित्सकले मृत बालिकालाई मृत घोषित गरेका प्रहरी उपरीक्षक खड्काले बताए 

ठक्कर दिने बस र चालक प्रहरीले नियन्त्रणमा लिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad