समाज


काठमाडौँमा वायु प्रदूषण उच्च, विश्वकै ९ नम्बरमा काठमाडौँ उपत्यका

काठमाडौँमा वायु प्रदूषण उच्च, विश्वकै ९ नम्बरमा काठमाडौँ उपत्यका

नेपालखबर
माघ १२, २०८२ सोमबार १०:१०, काठमाडौँ

काठमाडौँको वायु प्रदूषण बढ्दै गएको छ। वायु प्रदूषण मापनमा साेमबार बिहान काठमाडौँ उपत्यका विश्वमै नवौँ स्थानमा छ।  

विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार सोमबार बिहान काठमाडौँको समग्र एक्यूआई १७४ छ। 

यतिबेला वायु प्रदूषणको दृष्टिले बंगलादेशको ढाका पहिलो नम्बरमा छ। त्यहाँको एक्यूआई यतिबेला २७३ छ। 

दोस्रोमा भारतको कोलकता र तेस्रोमा चीनको उहान सहर छ। 

विगत लामो समयदेखि पानी नपर्दा आकाशमा थुप्रिएको धुलोले काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको हो।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ। 

५१ देखि एक सयसम्मको एक्यूआइलाई होसियार रहनु अथवा पहेँलो सङ्केत दिइन्छ। एक सय एकदेखि एक सय ५० सम्मको एक्यूआईलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्यूआइलाई अस्वस्थकर मानिन्छ।

दुई सय एकदेखि तीन सय सयसम्मको एक्यूआईलाई अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चारसय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ।

काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्यूआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ।

हेर्नुहोस् विश्वका १५ सहरको एक्यूआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad