आज ७७औँ गणतन्त्र दिवस मनाउँदै भारत, यस्तो छ कार्यक्रम

आज ७७औँ गणतन्त्र दिवस मनाउँदै भारत, यस्तो छ कार्यक्रम

नेपालखबर
माघ १२, २०८२ सोमबार १०:२४, काठमाडौँ

भारतले आज (सोमबार) ७७औँ गणतन्त्र दिवस मनाउँदै छ।

भारतीय सञ्चारमाध्यमका अनुसार यसको मुख्य समारोह राजधानी दिल्लीको कार्तव्य पथमा आयोजना हुनेछ, जहाँ राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रिय झण्डा फहराउनेछिन्।

गणतन्त्र दिवस परेडका प्रमुख अतिथि युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन हुनेछन्।

समारोह बिहान १०:३० बजे सुरु हुनेछ र लगभग ९० मिनेटसम्म चल्नेछ। यस वर्ष, मुख्य परेड वन्दे मातरमको विषयवस्तुमा आधारित हुनेछ। 

परेडका क्रममा कर्तव्यपथमा ३० वटा झाँकी निकालिनेछ, जुन 'स्वतन्त्रताको मन्त्र-वन्दे मातरम्, समृद्धिको मन्त्र-आत्मनिर्भर भारत' भन्ने विषयवस्तुमा आधारित हुनेछ।

परेडका क्रममा २९ वटा वायुसेना विमानले फ्लाईपास्ट गर्नेछन्। यसमा १६ लडाकु विमान, ४ वटा यातायात विमान र ९ वटा हेलिकप्टर सहभागी हुनेछन्। 

मुख्य मञ्चमा फूलमाला चढाएर वन्दे मातरमका लेखक बंकिमचन्द्र चटर्जीलाई श्रद्धाञ्जली अर्पण गरिनेछ।

भिडिओ-

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .