समाज


जेनजी आन्दोलनका घाइते प्रकाश बोहोराले आफ्नो जुत्तालाई चुनाव चिह्न नबनाउन गरे माग

जेनजी आन्दोलनका घाइते प्रकाश बोहोराले आफ्नो जुत्तालाई चुनाव चिह्न नबनाउन गरे माग

नेपालखबर
माघ १२, २०८२ सोमबार ८:४०, काठमाडौँ

जेनजी आन्दोलनका एकजना घाइते युवकले आफ्नो जुत्तालाई चुनाव चिह्न नबनाउन माग गरेका छन्। 

जेनजी आन्दोलनका घाइते प्रकाश बोहोराले आफ्नो जुत्तालाई चुनाव चिह्नबाट खारेज गर्न निर्वाचन आयोगसँग आग्रह गरेका हुन्।

गएको भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा बोहोरा नयाँबानेश्वरमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका थिए। उनी गोलीले घाइते हुँदा उनले लगाएको जुत्ता सडकमा अलपत्र परेको थियो। 

पछि खोजीको क्रममा सो जुत्ता दैलेख नारायण नगरपालिका–८ तर्ताङका २९ वर्षीय बोहोराको भएको खुलेको थियो। 

आफ्नो त्यही जुत्तालाई आउँदो निर्वाचनमा स्वतन्त्र उम्मेदवारको चिह्न बनाएकोमा उनले आपत्ति जनाउँदै त्यो चिह्न खारेज गर्न निर्वाचन आयोगमा निवेदन दिएका हुन्। 

बोहोराले जुत्ता चुनाव चिह्न राख्दा संवेदनशील प्रतीकको दुरुपयोग हुने भन्दै त्यसलाई चुनाव चिह्नबाट खारेज गर्न आग्रह गरेका हुन्। 

हाल बोहोरा रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा छन्। गत भदौ २३ गते भएको आन्दोनको क्रममा उनको खुट्टामा गोली लागेको थियो। 

निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीमा रास्वपाको खस आर्यतर्फको चौथो सूचीमा उनको नाम छ। घाइते बोहोरा भने हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad