बलिउड अभिनेत्री तथा सांसद हेमा मालिनीले आफ्ना दिवंगत पति प्रसिद्ध अभिनेता धर्मेन्द्रलाई भारत सरकारले पद्म विभूषण पुरस्कार प्रदान गरेकामा खुसी व्यक्त गरेकी छन्।
गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आइतबार भारतले धर्मेन्द्रलाई पद्म विभूषण प्रदान गर्ने घोषणा गरेको हो। पद्म विभूषण भारतकै दोस्रो सर्वोच्च नागरिक पुरस्कार हो।
सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममा धर्मेन्द्रकी पत्नी हेमा मालिनीले सम्मानको लागि खुसी र कृतज्ञता व्यक्त गरेकी छन्।
उनले लेखेकी छन्, ‘सरकारले धर्मजीलाई प्रतिष्ठित पद्म विभूषण प्रदान गरेर फिल्म उद्योगमा उनको अतुलनीय योगदानको कदर गरेकामा मलाई धेरै गर्व लागेको छ।’
धर्मेन्द्रसँगै सर्वोच्च अदालतका पूर्वन्यायाधीश केटी थोमस, भायोलिनवादक एन राजम, साहित्यिक तथा शैक्षिक व्यक्तित्व पी नारायणन र केरलाका पूर्व मुख्यमन्त्री वीएस अच्युतानन्दनलाई पनि भारत सरकारले पद्म विभूषण प्रदान गर्ने घोषणा गरेको छ।
Shares

प्रतिक्रिया