भारतको आन्ध्र प्रदेशको विशाखापटनममा रहेको रासायनिक प्लान्टमा बिहीबार बिहान ग्यास चुहावट हुँदा आठ जनाको मृत्यु भएको छ। अहिले त्यहाँको स्थिति भयावह भएको छ।
भिजाग प्रहरी आयुक्त आरके मीनाले बीबीसी तेलुगुलाई दिएको जानकारीअनुसार ग्यास चुहावट हुँदा तीन जनाको घटनास्थलमै र ५ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
लजी पोलिमर्स इन्डिया प्रालिको केमिकल प्लान्टबाट बिहीबार बिहान २:३० बजे ग्यास चुहावट भएको हो। लकडाउनपछि काम सुरु भएको प्लान्टबाट ग्यास लिक भएको हो। ग्यास लिक हुँदा स्थानीय बासिन्दा सुतिरहेका थिए।
— Srijana Gummalla (@GummallaSrijana) May 7, 2020Primary report is PVC gas (or Styrene) leaked from LG Polymers, Vepagunta near Gopalapatnam in Visakhapatnam at around 2:30 AM today
Because of the leakage of the said compound gas hundreds of people have inhaled it and either fell unconscious or having breathing issues. pic.twitter.com/WeCdrbddV1
प्रहरीले वरपरका पाँच गाउँ खाली गराएर स्थानीयलाई मेघद्री गेड्डा र अन्य सुरक्षित ठाउँमा लगेको छ।
धेरैलाई आँखा पोल्ने र सास फेर्न गाह्रो भइरहेको छ। ग्यास चुहावट हुँदा दुई सय जनाभन्दा बढी बिरामी परेकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन्।
ट्वीट गर्दै उनले भनेका छन्, ‘मैले एमएचए र एनडीएमएका अधिकारीहरूसँग कुरा गरेको छु जसले घटना नजिकबाट नियालिरहेका छन्, म विशाखापट्टनमवासीका सबैमा सुस्वास्थ्य तथा सुरक्षाकाे कामना गर्छु।’
Spoke to officials of MHA and NDMA regarding the situation in Visakhapatnam, which is being monitored closely.
I pray for everyone’s safety and well-being in Visakhapatnam.

प्रतिक्रिया