काठमाडौँ उपत्यकामा आज (शनिबार) अधिकतम र न्यूनतम दुवै तापक्रम उकालो लागेका छन्।
अघिल्लो दिन शुक्रबारको तुलनामा आज काठमाडौँमा दुवैथरी तापक्रम बढेका हुन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँमा न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियसमा उक्लिँदा अधिकतम तापक्रम पनि १८.४ डिग्री सेल्सियसमा चढेको हो।
हिजो शुक्रबार काठमाडौँमा यी तापक्रम क्रमशः ४.० र १७.५ डिग्री सेल्सियस थिए।
माघ लागेयता काठमाडौँमा तापक्रम निरन्तर उकालो लागिरहेको छ।
पुस ३० गते २.३ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम माघ १ देखि बढ्दै बढ्दै आज ४.३ डिग्री सेल्सियसमा उक्लिएको हो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
हेर्नुहोस् आजको तापक्रम सूची-

Shares

प्रतिक्रिया