महाराजगञ्ज नर्सिङ क्याम्पसको क्याम्पस प्रमुखमा सह प्राडा देवकाकुमारी आचार्य नियुक्त भएकी छन्।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले आज प्राडा आचार्यलाई चार वर्षे कार्यकालका लागि क्याम्पस प्रमुख पदमा नियुक्त गर्न निर्णय गरेको हो।
क्याम्पस प्रमुख रहेकी प्राध्यापक मुना रानाको चार वर्षे कार्यकाल सकिएपछि त्रिवि चिचित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले क्याम्पस प्रमुख पदका लागि खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त आह्वान गरेको थियो। तीन जनाको दरखास्त परेको थियो ।
सह प्राडा आचार्य नेपाल नर्सिङ संघको महासचिव समेत हुन्।
354
Shares

प्रतिक्रिया