राजनीति


कांग्रेसको विशेष महाधिवेशनमा चुनाव भोलि बुधबार हुने

कांग्रेसको विशेष महाधिवेशनमा चुनाव भोलि बुधबार हुने

नेपालखबर
पुस २९, २०८२ मंगलबार १८:७, काठमाडौँ

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वका लागि बुधबार मात्रै चुनाव हुने भएको छ। 

काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्त्रसत्र जारी रहेको छ। बन्दसत्रमा सोमबार मध्याह्नदेखि निर्वाचन प्रक्रिया सुरु भएको थियो। 

विशेष महाधिवेशनबाट गठित केन्द्रीइ निर्वाचन समितिका संयोजक सीताराम केसीले आज नयाँ नेतृत्व चयनका लागि मतदान नहुने बताए। अब निर्वाचनको प्रक्रिया मंगलबार सुरु हुने उनले जानकारी दिए। यसअघि आजै राति ९ बजेदेखि मतदान सुरु गर्ने निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको थियो। 

अहिले उम्मेदवारी दर्ताको प्रक्रिया चलिरहेको छ। साँझ साढे ७ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad