समाज


सुरुवाती मापनमै ३ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौँको न्यूनतम तापक्रम

सुरुवाती मापनमै ३ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौँको न्यूनतम तापक्रम

नेपालखबर
पुस २९, २०८२ मंगलबार ६:२१, काठमाडौँ

आज (मंगलबार) सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो (सोमबार) को भन्दा घटेको छ।

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस देखिएको हो। हिजो यो समय काठमाडौँको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस थियो। 

यद्यपि पछि बिहान ८:४५ बजे घटेर सोमबार काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस कायम भएको थियो। 

आजको आधिकारिक मापन पनि अहिले सोही समयमा हुनेछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अझ घट्ने सम्भावना हुन्छ।    

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो। 

सोमबार यस्तो थियो तापक्रम विवरण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad