पाँच वर्षका बालबालिका दूध पोख्छन्। धेरै भए पोखढोल गरेर आमाबुबालाई सताउँछन्।
अमेरिकाको युटामा एक पाँच वर्षीय बालक भने गाडी चलाउँदै गर्दा समातिएका छन्।
एक प्रहरीले सडकमा ५० किलोमिटर प्रतिघण्टाको गतिमा चलिरहेको गाडी देखे। सो गाडी कहिले दायाँतर्फ त कहिले बायाँतर्फ बत्तिरहेको थियो।
त्यसपछि उनले गाडी रोक्न निर्देशन दिए। गाडी रोकियो।
जब उनी गाडीको नजिक पुगे तब चकित परे। कारण एक बालकले सो गाडी चलाइरहेका थिए।
एड्रियन नामक ती बालकले आफू ल्याम्बर्गिनी किन्न हिँडेको जवाफ प्रहरीलाई दिए।
प्रहरीका अनुसार घरमा ती बालकले ल्याम्बर्गिनी किनदिन आमालाई आग्रह गरेका रहेछन्। सो गाडीको सबैभन्दा सस्तो मोडेलको मूल्य नै एक लाख ८० हजार डलर पर्छ।
तर, आमाले अस्वीकार गरेपछि एड्रियनले झगडा गरेका रहेछन्। त्यसैले आमाबुबा दुवै घरमा नभएको बेला उनी गाडी लिएर निस्केका रहेछन्।
‘त्यसपछि उनले आफैँ गाडी हाँकेर क्यालिफोर्निया गएर ल्याम्बर्गिनी किन्ने निर्णय गरेछन्,’ युटा हाइवे पेट्रोलले ट्विटरमा भनेको छ, ‘तर, किन्न पुग्ने पैसा चाहिँ उनीसँग थिएन। उनीसँग मात्र ३ डलर थियो।’
One of our Troopers in Weber Co. initiated a traffic stop on what he thought was an impaired driver. Turns out it was this young man, age 5, somehow made his way up onto the freeway in his parents' car. Made it from 17th and Lincoln in Ogden down to the 25th St off-ramp SB I-15. pic.twitter.com/3aF1g22jRB
— Utah Highway Patrol (@UTHighwayPatrol) May 4, 2020घरबाट पाँच मिनेटको दूरी पार गरिसकेको अवस्थामा उनी फेला परेका थिए। घटनामा कोही पनि घाइते नभएको बताइएको छ।
उनका आमाबुबामाथि मुद्दा चलाउने वा नचलाउने भन्ने स्थानीय अभियोजनकर्ताहरुले निर्णय गर्ने बताइएको छ। एजेन्सी

प्रतिक्रिया