झापामा झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।
गौरादह नगरपालिका–५ चान्दुखोलाको भित्री सडक खण्डमा गएराति मे १ त ७१०८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।
बालुबथानबाट फकिटिप गाउँतर्फ जाँदै गरेको मे १ त ७१०८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गौरादह नगरपालिका–७ बस्ने ३५ वर्षीय महमत माजिमको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो।
अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्।
घाइते हुनेमा गौरादह–७ कै ४९ वर्षीय सत्य नारायण राजवंशी, २३ वर्षीय संजित ऋषीदेव, २३ वर्षीय अभिजुल मिया र गौरादह–७ बस्ने ३४ वर्षीय केलु मिया रहेका प्रहरीले जनाएको छ। सबै घाइतेको दमक अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि ट्याक्टर चालक गौरादह नगरपालिका–७ बस्ने ३८ वर्षीय यमप्रसाद राजवंशी फरार रहेका प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया