समाज


जाजरकोटमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

जाजरकोटमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

दिनेश बुढा
पुस २५, २०८२ शुक्रबार १४:३४, सुर्खेत

जाजरकोटको छेडागाड नगरपालिका-८ मा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। 

शुक्रबार बिहान ११ बजे छेडागाड नगरपालिका-८, बार्न नाउरिघाट नजिक बोलेरो दुर्घटना भएको हो। छेडागाड नगरपालिका-९ पजारुबाट थलहका लागि छुटेको कर्णाली प्रदेश ०२-००१ च १३२७ नम्बरको डबल क्याब बोलेरो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ। 

प्रहरीका अनुसार, दुर्घटनामा छेडागाड नगरपालिका-९ पजारुकी ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारीको मृत्यु भएको छ। दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटप्रहरी निरीक्षक सुधिरकुमार खड्काले जानकारी दिए। 

दुर्घटनामा बोलेरो चालक छेडागाड नगरपालिका-९ का २४ वर्षीय कृष्ण अधिकारी, छेडागाड नगरपालिका-८ की २० वर्षीया लक्ष्मी खत्री, छेडागाड नगरपालिका-९ का अन्दाजी ३९ वर्षीय वीरबहादुर अधिकारी र दैलेखको नौमुले गाउँपालिका-६ की २३ वर्षीया सितला रावत घाइते भएका छन्। 

घाइते सबैको अवस्था मध्यम रहेको खड्काले बताए। उनीहरूलाई उपचारका लागि छेडागाडको अस्पतालमा लगिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad