स्याङ्जामा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
अर्जुनचौपारी गाउँपालिका-१ विरौटामा बसले ठक्कर दिँदा भएको दुर्घटनामा सोही ठाउँका ९० वर्षीय क्षेत्रबाहादुर रोकाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
ना.५ ख ५१३९ नम्बरको बसले ठक्कर दिँदा रोकाहा गम्भीर घाइते भएका थिए। उनको गण्डकी मेडिकल कलेज पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ।
66
Shares

प्रतिक्रिया