विभिन्न जिल्लामा प्रहरीले पाँच जनालाई मृत अवस्थामा फेला पारेको छ।
नवलपरासी, पाँचथर, काभ्रे, धनकुटा र कास्कीमा एक-एक जनालाई मृत फेला पारिएको प्रहरीले जनाएको छ।
नवलपरासीपूर्वको मध्यबिन्दु नगरपालिका- ११ बाउन्ने कुनामा पनि एक महिलाको शव फेला परेको छ।
स्थानीय कुसुन्डे सिँचाईको नहरमा सोही नगरपालिका-१० मुसहरटोल बस्ने ३५ वर्षीया रीता मुसहरलाई बुधबार मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
त्यसैगरि पाँचथरको कुम्मायक गाउँपालिका-४ रानीगाउँ निवासी ३८ वर्षीय दिनेन्द्र सम्बाहाम्फे पनि मृत फेला परेका छन्।
सोही गाउँपालिका-४ याक्सेस्थित वनमा बुधबार उनलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
त्यस्तै धनकुटाको महालक्ष्मी नगरपालिका-१ बस्ने ४३ वर्षीय टंकबहादुर राय पनि मृत भेटिएका छन्।
सोही नगरपालिका-१ दामार फेदीस्थित बाटोमा उनलाई बुधबार मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
काभ्रेको धुलिखेल नगपालिका-७ अड्डाबजार डेरा गरी बस्ने एक पुरुषको पनि शव फेला परेका छन्।
सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-७ घर भएका ४० वर्षीय साइला तामाङ आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन्।
त्यसैगरि कास्कीको अन्नपुर्ण गाउँपालिका-५ झोबाङमा पनि एक युवक मृत फेला परेका छन्।
बाग्लुङ बुर्तिवाङ खाजाघर अगाडि बुधबार सोही ठाउँका ३१ वर्षीय नारायण पौडेल मृत अवस्थामा फेला हुन्।
यी सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया