समाज


उच्च अनुशासनमा रहेर काम गर्न प्रहरी महानिरीक्षकको निर्देशन

उच्च अनुशासनमा रहेर काम गर्न प्रहरी महानिरीक्षकको निर्देशन

फाइल तस्बिर


नेपालखबर
पुस २४, २०८२ बिहिबार १३:५९, काठमाडौँ

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संगठनको श्रीवृद्धिको लागि सामूहिक सहकार्य आवश्यक हुने बताएका छन्। 

आज प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आसन्न निर्वाचनको परिवेशमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलताको सम्बन्धमा मातहतका निकायलाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन्। 

कार्कीले सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता तथा अनुशासनसहित नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा ध्यान दिन पनि आग्रह गरे। 

समाजमा देखा परेको सुरक्षा चुनौतिहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाई प्रभावकारी प्रहरी परिचालन गर्नुपर्नेमा जोड दिँदै उनले  कुनै पनि अपराधविरूद्ध निर्मम भई सबै प्रहरी कर्मचारीहरूले आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताए। 

पारदर्शी एवम् बस्तुनिष्ठ अपराध अनुसन्धान, सीमा नाकामा हुने तस्करी नियन्त्रण, हातहतियार बरामद, फरार प्रतिवादी पक्राउलाई समेत प्राथमिकतामा राख्न मातहका निकायलाई उनको निर्देशन थियो।  

भिड नियन्त्रणमा सिलसिलेवार बल प्रयोगको सिद्धान्तलाई अंगिकार गरी काम गर्न भन्दै उनले सवारी दुर्घटना न्यूनीकरणमा
समेत थप क्रियाशील हुन आग्रह गरे।

प्रहरी महानिरीक्षक कार्कीले आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीति अवलम्बन गर्नुपर्नेमा पनि जोड दिए।  

सुरक्षा व्यवस्थापनको निम्ति स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रवाह गर्नुपर्ने कार्कीले बताए। 

उनले सबै प्रहरी कर्मचारीहरूले शिष्ट बोली, बचन एवम् व्यवहारका साथ नागरिकका गुनासो सम्बोधन गर्नुपर्नेमा जोड दिए।  

त्यसक्रममा प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीलेसमेत समसामयिक विषयमा निर्देशन दिएका थिए। 

कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतसहित काठमाडौँ उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गण, जिल्ला प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालय एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad