ग्लोबल


यूएन सम्बद्धसहित ६६ अन्तर्राष्ट्रिय संघसंस्थाबाट अमेरिका अलग हुने, ट्रम्पले गरे आदेशमा हस्ताक्षर

यूएन सम्बद्धसहित ६६ अन्तर्राष्ट्रिय संघसंस्थाबाट अमेरिका अलग हुने, ट्रम्पले गरे आदेशमा हस्ताक्षर

नेपालखबर
पुस २४, २०८२ बिहिबार १३:१०, काठमाडौँ

अमेरिकाले संयुक्त राष्ट्र संघ (यूएन) का निकायसहित ६६ वटा अन्तर्राष्ट्रिय संघ-संस्थाबाट बाहिरिने निर्णय गरेको छ। 

राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ६६ वटा अन्तर्राष्ट्रिय संगठन, सन्धि र संस्थाबाट अलग हुने निर्णय गरेका हुन्।

ह्वाइट हाउसका अनुसार ती संस्था अब अमेरिकाको हितमा नरहेको र अमेरिकी करदाताहरूको पैसा बर्बाद मात्र भइरहेको निष्कर्षसहित अमेरिकाले यूएन सम्बद्धसहित ६६ वटा अन्तर्राष्ट्रिय संघ-संस्थाबाट अलग हुने निर्णय गरेको हो। 

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्णयअन्तर्गत अमेरिका ३१ वटा संयुक्त राष्ट्र संघ (यूएन) सम्बद्ध निकाय र ३५ वटा गैरसंयुक्त राष्ट्र संघ (नन-यूएन) संस्थाबाट अलग हुनेछ।’

यूएन बाहिरका संस्थामध्ये एटलान्टिक सहकार्य साझेदारी, अन्तर्राष्ट्रिय लोकतन्त्र तथा निर्वाचन सहायता संस्था र अन्तर्राष्ट्रिय प्रतिआकंवादसम्बन्धी फोरम पनि छन्।

ट्रम्पले देशका सबै सरकारी विभाग र एजेन्सीलाई ती संस्थाबाट अमेरिकालाई ‘सकेसम्म चाँडो’ फिर्ता लिने प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ), प्यालेस्टिनी शरणार्थीसम्बन्धी यूएन एजेन्सी (यूएनआरडब्ल्यूए), यूएन मानवअधिकार परिषद् र यूनेस्कोजस्ता संस्थाबाट भने अमरिका यसअघि नै अलग भइसकेको छ।

ट्रम्पको यो कदमले अमेरिका विश्वव्यापी सहकार्यबाट टाढा हुँदै गएको संकेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad