आईलेन्स प्रयोग गरेर जुवा खेलेको आरोपमा काठमाडौँको ठमेलस्थित एक क्यासिनोबाट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका-२६ ठमेलस्थित छाँया सेन्टरमा रहेको वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालि (क्यासिनो)बाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई आँखामा लगाउने आइलेन्स प्रयोग गरी तास स्पष्ट देख्ने माध्यमबाट जुवा खेली ठगीजन्य कार्य गरेको अभियोगमा पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ।
उनीहरूको साथबाट आईलेन्स, तास, नगद रकम, मोबाइल फोन, राहदानी, एटीएम कार्ड लगायतका सामग्रीसमेत बरामद गरिएको प्रहरीले जनाएको ।
उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
पक्राउ परेका चारजना भारतीय नागरिकलाई पुर्पक्षका लागि कारागार पठाइएको छ। एक चिनियाँ नागरिक भने पाँच लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
दुईजना महिलालाई १ लाख धरौटीमा रिहा गरिएको प्रहरीले जनाएको छ।
१. भारत देश, उत्तर पश्चिम दिल्ली, रोहिणी सेक्टर १७ स्थायी ठेगाना भएका वर्ष ५७ को सुरेश महाजन । (पुर्पक्षका लागि कारागार चलान)
२. भारत देश, उत्तराखण्ड, विकासनगर, देहरादून स्थायी ठेगाना भएका वर्ष ३९ को प्रमोद मौर्य । (पुर्पक्षका लागि कारागार चलान)
३. भारत देश, उत्तराखण्ड, विकासनगर, देहरादून स्थायी ठेगाना भएका वर्ष ३२ को विक्रम सिंह । (पुर्पक्षका लागि कारागार चलान)
४. भारत देश, हरियाना प्रदेश कर्नाल जिल्ला किशानवस्ती निलोखेरी स्थायी ठेगाना भएका बस्ने वर्ष ३७ को दिनेश वर्मा (पुर्पक्षका लागि कारागार चलान)
५. जिल्ला सुनसरी रामधुनी नगरपालिका ८ स्थायी ठेगाना भई बस्ने वर्ष ३५ की चिजा खड्का । (१ लाख धरौटी तिरेर छुटेको)
६. काठमाडौं जिल्ला टोखा नगरपालिका ८ बानियाटार बस्ने वर्ष ४० की भवानी पाण्डे । (१ लाख धरौटी तिरेर छुटेको)
७. चिन देश, हङकङ स्थायी ठेगाना भएका वर्ष ७५ वाङ पु फा युआन झोउ (क्यासिनो संचालक ) (५ लाख धरौटी तिरेर छुटेको)
Shares

प्रतिक्रिया