समाज


परीक्षामा उत्तीर्ण २० उम्मेदवार जिल्ला न्यायाधीशमा सिफारिस

परीक्षामा उत्तीर्ण २० उम्मेदवार जिल्ला न्यायाधीशमा सिफारिस

नेपालखबर
पुस २३, २०८२ बुधबार ११:५८, काठमाडौँ

न्याय परिषद्ले न्याय सेवा आयोगबाट लिइएको जिल्ला न्यायाधीश पदको परीक्षामा उत्तीर्ण २० उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरेको छ। 

सार्वजनिक सूचीअनुसार अधिवक्ता शिशिरकुमार यादव, सर्वोच्च अदालतका उपरजिस्ट्रार शिवप्रसाद आचार्य, 
जाजरकोट जिल्ला अदालतका श्रेस्तेदार ताराप्रसाद डाँगी, न्याय परिषद् सचिवालयका उपसचिव हीरालाल भुसाल, कोसी प्रदेशसभा सचिवालयका उपसचिव डिल्लीप्रसाद आचार्य, विशेष सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता गोपालबहादुर भट्टराई,
न्याय परिषद् सचिवालयका उपसचिव सुमन पाण्डे जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका हुन्। 

यसैगरी सर्वोच्च अदालतका उपरजिस्ट्रार ठाकुरप्रसाद बस्ताकोटी, रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार विकास बस्नेत, 
काभ्रेपलाञ्चोक जिल्ला अदालतका श्रेस्तेदार इन्दिरा कार्की, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता
बाबुराम भट्टराई, उच्च सरकारी वकिल कार्यालय, पाटनका उपन्यायाधिवक्ता टेकराज भुसाल, सर्वोच्च अदालतका इजलास अधिकृत
गोकुल पन्त, उच्च अदालत विराटनगर धनकुटा इजलासका रजिसट्रार वीरेन्द्रप्रकाश खड्का, उच्च अदालत सुर्खेत जुम्ला इजलासका रजिस्ट्रार महेन्द्रप्रसाद पौड्याल, सर्वोच्च अदालतका उपरजिस्ट्रार वासुदेव पाण्डे, ऋण असुली पुनरावेदन न्यायाधीकरणका श्रेस्तेदार 
ललित सापकोटा, न्याय परिषद् सचिवालयका उपसचिव खेमकुमारी बस्नेत जिल्ला न्यायाधीशमा सिफारिस भएका छन्। 

यस्तै सर्वोच्च अदालतका उपरजिस्ट्रार कर्णबहादुर राई र सर्वोच्च अदालतका उपरजिस्ट्रार हीरामाया अवाल पनि 
जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस भएकी छन्।
 

हेर्नुहोस् सूची:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad