ad ad

समाज


कोरोनाबाट बच्ने उपाय सिकाइरहेका पार्क रेन्जरलाई एक व्यक्तिले तालमा खसाइदिए

कोरोनाबाट बच्ने उपाय सिकाइरहेका पार्क रेन्जरलाई एक व्यक्तिले तालमा खसाइदिए

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ७:१,

अमेरिकामा कोरोना भाइरस ‘कोभिड १९’ बाट बच्ने उपाय सिकाइरहेका पार्क रेन्जरलाई एक व्यक्तिले धकेलेर तालमा खसाइदिएका छन्।

टेक्सासस्थित कमन्स फोर्ड रेन्च मेट्रो पार्कमा गत बिहीबार पार्क हेरचाह गर्न खेटका पार्क रेन्जरलाई तालमा धकेलेर खसाएपछि प्रहरीले उक्त घटनाका दोषीलाई पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्ति २५ वर्षका ब्रान्डन हिक्स भएको ट्रेभिस काउन्टी सेरिफ्स अफिसले जनाएको छ।

Texas park ranger pushed into water after approaching group for ...

ब्रान्डन हिक्स

कोरोना प्रकोपबीच मानिसहरु पार्कमा घुम्न गएका थिए। रेन्जरका अनुसार मानिसहरुले नियम विपरित चुरोट र मदिरा पिइरहेका थिए।

त्यसबीचमा रेन्जरले मदिरा नपिउन, चुरोट सेवन नगर्न तथा कोरोनाबाट बच्न शारीरिक दुरीको नियम पालना गर्न आग्रह गरिरहेका थिए।

तर सोही समयमा हिक्सले रेन्जरलाई धक्का दिएर तालमा खसाइदिएका थिए। प्रहरीले हिक्सनलाई आवश्यक कारवाही हुने बताएको छ। एजेन्सी

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .