समाज


वीरगन्जमा कर्फ्यु, उल्लंघन गरे गोली हान्न सुरक्षाकर्मीलाई आदेश

वीरगन्जमा कर्फ्यु, उल्लंघन गरे गोली हान्न सुरक्षाकर्मीलाई आदेश

वीरगञ्जमा भएको प्रदर्शन


नेपालखबर
पुस २१, २०८२ सोमबार १८:२०, काठमाडौँ

धार्मिक तथा सामाजिक विवादका कारण उत्पन्न तनाव नियन्त्रण बाहिर जान थालेपछि पर्सा प्रशासनले वीरगञ्जमा कर्फ्यू लगाएको छ। दुई समुदायबीच उत्पन्न विवादले हिंसात्मक मोड लिन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा सतर्कता कडा पारेको हो।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालका अनुसार सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि वीरगञ्जका मुख्य तथा संवेदनशील क्षेत्रमा कर्फ्यू लगाइएको छ। कर्फ्यू आदेश, उल्लंघन गरे गोली हान्न सुरक्षाकर्मीलाई आदेश दिइएको सीडीओ कार्यालयको सूचनामा उल्लेख छ।

यसअघि प्रशासनले दिउँसो १ बजेदेखि निषेधाज्ञा जारी गरेको भए पनि स्थिति थप जटिल बनेपछि कर्फ्यूकै निर्णय लिनुपरेको प्रशासनको भनाइ छ।

कुन–कुन क्षेत्रमा छ कर्फ्यू?
वीरगञ्ज महानगरपालिकाका चार किल्लाभित्र सभा, जुलुस र भेला गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। पूर्व बाइपास सडक खण्डदेखि पश्चिम सिर्सिया पुल र उत्तर पावर हाउस चोकदेखि दक्षिण शंकराचार्य गेटसम्म कर्फ्यु लगाउने निर्णय भएको हो।

दुई दिनदेखि धार्मिक र सामाजिक विषयलाई लिएर दुई पक्षबीच वीरगञ्जमा लगातार प्रदर्शन भइरहेका छन्। आइतबारदेखि सुरु भएको आन्दोलनका कारण जनजीवन प्रभावित भएको छ भने नगर क्षेत्र अशान्त बनेको छ। सम्भावित झडप र क्षति रोक्न सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्यूको पालना गर्न र संयमता अपनाउन आग्रह समेत गरेको छ। 

सीडीओले जारी गरेको सूचना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad