नेकपा एमाले जिल्ला कमिटी मुगुले ७ जना नेताहरुको नाम प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। सोमबार बसेको जिल्ला कमिटी बैठकले पूर्वसांसद गोपालबहादुर बमसहित ७ जनाको नाम सिफारिस गरेको हो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ पूर्वप्रतिनिधिसभा सांसद गोपालबहादुर बम, युवा नेता राजबहादुर कार्की (राजु), जिल्ला अध्यक्ष पूर्णबहादुर रोकाया, नेता खड्कराज मल्लको नाम सिफारिस भएको छ।
महिलातर्फ कर्णसिला मल्ल र जानदेवी भामको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ।
गोपाल बम २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित भएका थिए। तत्कालीन नेकपा विभाजनपछि एकीकृत समाजवादीमा लागेका बम २०७९ को निर्वाचनमा प्रदेशसभामा निर्वाचन लडेका थिए। त्यहाँ उनी एमालेका नेता जीतबहादुर मल्लसँग पराजित भएका थिए। मल्ल फेरि एमालेमै फर्किएर उम्मेदवार सिफारिस भएका छन्।
यस्तै, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले मुगुबाट निर्वाचन लडेका युवा नेता राजबहादुर कार्की नेकपा माओवादी केन्द्रसहितको गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका तत्कालीन जिल्ला अध्यक्ष ऐनबहादुर शाहीसँग पराजित भएका थिए।
Shares

प्रतिक्रिया