समाज


सशस्त्र प्रहरीका पशुपतिनगर गुल्मपति कोइरालाको निधन

सशस्त्र प्रहरीका पशुपतिनगर गुल्मपति कोइरालाको निधन

नेपालखबर
पुस १६, २०८२ बुधबार २१:१९, काठमाडौँ

इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश कोइरालाको निधन भएको छ। 

बुधबार बिहान चक्कर लागेर बेहोस् भएका कोइरालालाई उपचारका लागि दिउँसो फिस्टेल एयरको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो। काठमाडौँको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचारका क्रममा उनको साँझ मृत्यु भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। 

बुधबार बिहान सीमा क्षेत्र मानेभन्ज्याङमा पेट्रोलिङ गरेर फर्किएका कोइराला कार्यालय आएपछि ढलेका थिए। तत्काल उपचारका लागि पशुपतिनगर स्वास्थ्य केन्द्रमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नहुने भन्दै फिक्कल अस्पताल लगिएको थियो। 

लम्जुङ घर भई ललितपुरको बालकुमारी बस्दै आएका कोइराला २०६४ सालमा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) मा भर्ना भएका थिए। उनी उक्त गुल्ममा एक हप्ता अघि मात्रै काजमा खटिएका थिए।

गुल्ममा हाजिर भएको एक हप्तामै उनको मृत्यु भएको हो। 

यसअघि उनी नं २० विपद उद्धार गुल्म सिनामंगलमा कार्यरत थिए। 

डीएसपी कोइरालाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad