समाज


लकडाउनको नयाँ स्वरुपबारे उच्चस्तरीय समितिले भोलि मात्रै मस्यौदा टुंगो लगाउने

लकडाउनको नयाँ स्वरुपबारे उच्चस्तरीय समितिले भोलि मात्रै मस्यौदा टुंगो लगाउने

नेपालखबर
बैशाख २२, २०७७ सोमबार १२:५,

कोभिड–१९ उच्च स्तरीय समितिले वैशाख २५ पछि लकडाउनको स्वरुप परिवर्तन गर्ने विषयमा मंगलबार मात्रै मस्यौदा तयार गरी सरकारलाई बुझाउने बताएको छ।

समितिको सोमबार बसेको बैठकमा कुनै निर्णय नभएको सदस्यसचिव नारायणप्रसाद बिडारीले बताए।

‘वैशाख २५ पछि कसरी जाने भन्नेबारे आन्तरिक गृहकार्य र विश्लेषणको सिलसिला जारी छ। आज कुनै निर्णय भएन,’ उनले भने, ‘आज समीक्षात्मक बैठक भयो। अहिले गरिरहेका प्रयासहरु सही दिशामा रहेको निश्कर्ष छ।’

अझै दुई–तीन दिनमा प्रदेश, स्थानीय तहबाट सुझाव लिएर वैशाख २५ पछि कसरी अघि बढ्ने भनेर टुंगो लगाइने उनले बताए।

सदस्यसचिव बिडारीले मंगलबार बस्ने बैठकले त्यसबारे निर्णय गर्नसक्ने बताए।

‘उच्चस्तरीय समितिले विज्ञहरुसहित बसेर अध्ययन गरिरहेको छ,’ उनले भने, ‘भोलिपनि उच्चस्तरीय समितिको बैठक छ। त्यसले मस्यौदा जारी गरी सरकारलाई प्रस्ताव गरिने विश्वास छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad