राजनीति


अमेरिकालाई व्यंग्य गर्न चीनले बनाएको एनिमेटेड भिडियोको सार!

अमेरिकालाई व्यंग्य गर्न चीनले बनाएको एनिमेटेड भिडियोको सार!

नेपालखबर
बैशाख २२, २०७७ सोमबार १२:११,

उक्त भिडियोमा अमेरिका र चीनबीच हाल जारी रहेको कोरोना भाइरस ‘कोभिड १९’ बारे विवाद प्रस्तुत गर्न खोजिएको छ।

अमेरिकाले कोरोना भाइरसलाई पहिले चिनियाँ भाइरस भनेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसले अमेरिकामा केही गर्न नसक्ने नै बताएका थिए।

तर यतिबेला अमेरिका कोरोनाले सबैभन्दा बढी ग्रस्त बनेको छ। अमेरिकाले यतिबेला कोरोनाबारे चीनले सुरुवातमै सजग नगराएका कारण अमेरिका कोरोनाले सबैभन्दा बढी ग्रस्त बनेको ट्रम्पले आरोप लगाइरहेका छन्।

सोमबारसम्मको तथ्यांकअनुसार कोरोनाको उद्गमस्थल चीनमा ८२ हजार ८८० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। यीमध्ये ४६ सय ३३ को मृत्यु हुँदा ७७ हजार ७६६ उपचारपछि स्वस्थ बनेका छन्।

अमेरिका विश्वकै सबैभन्दा बढी कोरोना प्रभावित देश हो। हालसम्म त्यहाँ ११ लाख ८८ हजारभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। यीमध्ये ६८ हजारको मृत्यु भइसक्दा १ लाख ७८ हजार उपचारपछि स्वस्थ बनेका छन्।

अमेरिकाले हालै विश्व स्वास्थ्य संगठन डब्लूएचओ चीन केन्द्रित भएको आरोप लगाएको थियो। अमेरिकाले डब्लूएचओलाई आफूले गर्दै आएको सहयोग रोक्ने घोषणा समेत गरिसकेको छ।

सिन्ह्वाले सार्वजनिक गरेको भिडियोमा अमेरिकामाथि यिनै विषयहरुमा व्यंग्य गरिएको छ। चीनले भिडियोमार्फत अमेरिका अटेरी भएको बताउन खोजेको छ।

चीनले आफूले अमेरिकालाई कोरोना भाइरसको खतराबारे बारम्बार दोहोर्याउँदै बताएको तर अमेरिकाले आफ्नो सल्लाह र सुझाव नमानेको भिडियोमार्फत जानकारी दिन खोजेको छ।

भिडियोमा के छ?

भिडियोमा चिनियाँ योद्धा र अमेरिकी स्ट्याचु अफ लिबर्टीबीचको सम्वाद भएको देखाइएको छ। जसले अमेरिका र चीनबीचको भनाइहरु प्रतिनिधित्व गर्दछ।

डिसेम्बर महिनामा चिनियाँ योद्धा भन्छः यहाँ अनौठो निमोनियाको घटना देखियो।

डब्लूएचओः हामीले यो विषय मध्यनजर गर्यौ।

जनवरी महिनामा चिनियाँ योद्धा भन्छः हामीले नयाँ भाइरस पहिचान गर्यौ।

स्ट्याचु अफ लिबर्टी भन्छः त्यसो भए के भो त?

चिनियाँ योद्धाः यो खतरनाक छ।

स्ट्याचु अफ लिबर्टीः यो फ्लु मात्र हो।

चिनियाँ योद्धः मास्क लगाउनुपर्छ।

स्ट्याचु अफ लिबर्टीः मास्क लगाउनु पर्दैन।

चिनियाँ योद्धः घरमै बसौं।

स्ट्याचु अफ लिबर्टीः चीनले मानवअधिकार हनन् गर्दैछ।

चिनियाँ योद्धः कोरोना उपचारको लागि स्थायी अस्पताल निर्माण गर्दैछौं।

स्ट्याचु अफ लिबर्टीः त्यो यातना शिविर हो।

चिनियाँ योद्धः दश दिनमै अस्पताल निर्माण सम्पन्न भयो।

स्ट्याचु अफ लिबर्टीः यो ढोङ मात्र हो।

चिनियाँ योद्धाः लकडाउन गर्ने समय आयो।

स्ट्याचु अफ लिबर्टीः क्रुर कार्य।

फेब्रुअरी महिनामा चिनियाँ योद्धा भन्छः यसले हाम्रो चिकित्सकीय प्रणालीलाई पनि चुनौती दियो।

स्ट्याचु अफ लिबर्टीः हेर चीन कति पछाडि परेको देश हो।

चिनियाँ योद्धाः भाइरसले डाक्टरहरुको पनि मृत्यु हुन थाल्यो।

स्ट्याचु अफ लिबर्टीः चीन तेस्रो विश्वजस्तै हो।

चिनियाँ योद्धाः यो हावाबाट पनि सर्छ।

स्ट्याचु अफ लिबर्टीः यो अप्रिल महिनामा जादुमयी तवरबाट विलाउँछ।

चिनियाँ योद्धाः सबै घरमै बसौं।

स्ट्याचु अफ लिबर्टीः चिनियाँ कार्य मानवअधिकारको हनन् हो।

मार्च महिनामा चिनियाँ योद्धा भन्छः कोरोना संक्रमित घट्दै गएका छन्।

स्ट्याचु अफ लिबर्टीः असम्भव, इटलीको अवस्था हेर।

चिनियाँ योद्धाः हामीले मास्क लगाएका थियौं।

स्ट्याचु अफ लिबर्टीः चीनले हामीलाई ढाट्यो।

चिनियाँ योद्धाः हामीले सबै तथ्यांक सार्वजनिक गरेका छौं।

स्ट्याचु अफ लिबर्टीः तिमी सबै जानकारी लुकाउँछौं।

चिनियाँ योद्धाः तिम्रो नागरिकहरु मर्न थाले।

स्ट्याचु अफ लिबर्टीः तिमीले पहिल्यै हामीलाई सचेत गराएनौं।

चिनियाँ योद्धाः हामीले भनेका थियौं यो भाइरस खतरनाक छ।

स्ट्याचु अफ लिबर्टीः तिमीले ढाट्यौं।

चिनियाँ योद्धा अप्रिल महिनामा भन्छः हामीले भनेका थियौं यो हावाबाट पनि सर्छ।

स्ट्याचु अफ लिबर्टीः तिमीले गलत तथ्यांक र जानकारी दियौं। हामीलाई पहिल्यै किन सचेत गराएनौं?

चिनियाँ योद्धाः हामीले भाइरस खतरनाक छ भनेका थियौं।

स्ट्याचु अफ लिबर्टीः यो भाइरस खतरनाक छैन। तर लाखौं चिनियाँ नागरिक मरेका छन्। त्यही पनि भाइरस खतरनाक छैन। हामी सहि छौं। हामी कहिलेकाँही विरोधाभास कुरा गछौं।

चिनियाँ योद्धाः आफूले भनेको आफैं सुन त।

स्ट्याचु अफ लिबर्टीः तिमीले ढाट्यौ, हामीले तीन महिना केहीपनि गरेनौं किनभने विश्व स्वास्थ्य संगठनले चीनले जे भन्यो त्यही मान्छ। हामी संगठनलाई दिँदै आएको सहयोग रोक्छौं।

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad