समाज


सिन्धुलीमा गोली हानिएको अवस्थामा २२ वर्षीय युवकको शव भेटियो, भाँचिएको बन्दुक पनि घटनास्थलमै

सिन्धुलीमा गोली हानिएको अवस्थामा २२ वर्षीय युवकको शव भेटियो, भाँचिएको बन्दुक पनि घटनास्थलमै

फाइल तस्बिर


नेपालखबर
पुस १६, २०८२ बुधबार ११:१२, सिन्धुली

सिन्धुलीमा गोली लागेको अवस्थामा एक युवकको शव फेला परेको छ। 

सुनकोसी गाउँपालिका-५ बन्दिपुरका २२ वर्षीय आशमान तामाङको गोली लागेर मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

एसपी लालध्वज सुवेदीका अनुसार घ्याङ्लेख गाउँपालिका-१ पिउरीखोला जंगलमा पुस १४ गते तामाङको शव गोली लागेको अवस्थामा फेला परेको हो। 

उनको हत्या भएको हो वा आफैँले बोकेको बन्दुकबाट पड्किएको गोली लागेर मृत्यु भएको हो खुलेको छैन। घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

मंगलबार उनी आफ्नो घरभन्दा करिब ३ किलोमिटर दक्षिणको जंगलमा शिकार खेल्न गएका थिए।  नाइटोबाट रगत बगिरहेको अवस्थामा उनको शव भेटिएको हो। 

घटनाको जानकारी पाएपछि प्रहरी चौकी अमले, इलाका प्रहरी कार्यालय वस्तीपुर र इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। 

घटनाको प्रारम्भिक अनुसन्धानमा तामाङको पेटमा गोली लागेको पाइएको प्रहरीले जनाएको छ। 

उनको शव नजिक भाँचिएको अवस्थामा एक थान भरुवा बन्दुक पनि फेला परेको छ। 

त्यसैगरि मृतकले भिरेको झोलामा बारुद जस्तो देखिने धुलो, फलाम र सिसाको टुक्रा फेला परेको प्रहरीले जनाएको छ। 

पोष्टमार्टमको लागि शव सिन्धुली अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको एसपी सुवेदीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad