सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन घटेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (बुधबार) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ५.१ डिग्री सेल्सियस देखिएको हो। हिजो (मंगलबार) यस बेला ५.२ डिग्री सेल्सियस थियो।
यद्यपि पछि बिहान ८:४५ बजे मंगलबार काठमाडौँको न्यूनतम तापक्रम ४.८ मा झरेको थियो।
आज पनि आधिकारिक न्यूनतम तापक्रम यही समय पुन: मापन गरिनेछ। त्यतिबेला अघि बिहान ५:४५ बजे देखिएको भन्दा न्यूनतम तापक्रम घट्ने सम्भावना हुन्छ।
मौसम महाशाखाले काठमाडौँको आधिकारिक न्यूनतम तापक्रम लिनुभन्दा पहिले बिहान ५:४५ बजे पनि मापन गर्ने गरेको छ। तर यसपछि बिहान ८:४५ बजे मापन गर्दा न्यूनतम तापक्रम सुरुवातको भन्दा प्राय: घटेकै हुन्छ।
गत सोमबार पनि सुरुवाती मापनमा ५.५ डिग्री सेल्सियस देखिएको काठमाडौँको न्यूनतम तापक्रम पछि बिहान ८:४५ बजे ५.२ डिग्री सेल्सियसमा झरेको थियो। सबैभन्दा तल झरेको तापक्रम नै त्यस दिनको न्यूनतम तापक्रम हुन्छ।
यस आधारमा सुरुवाती मापनका हिसाबले आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन घटेको हो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम हुन्छ भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम हुन्छ।
मंगलबार यस्तो थियो न्यूनतम र अधिकतम तापक्रम विवरण:

Shares

प्रतिक्रिया