राजनीति


रास्वपाले ‘प्राइमरी’ भोटिङकै धज्जी उडाउँदै समानुपातिक उम्मेदवार छान्यो: तोसिमा कार्की

रास्वपाले ‘प्राइमरी’ भोटिङकै धज्जी उडाउँदै समानुपातिक उम्मेदवार छान्यो: तोसिमा कार्की

फाइल तस्बिर


नेपालखबर
पुस १६, २०८२ बुधबार ७:२९, काठमाडौँ

राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीलाई लिएर पार्टी नेतृत्वको आलोचना गर्ने क्रम बढ्दै गएको छ। 

रास्वपाकी नेता तोसिमा कार्कीलेसमेत पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको सूचीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमा उनले पार्टीले समानुपातिक प्रणालीको अवधारणाविपरीत सूची पेस गरेको आरोपसमेत लगाएकी छन्। 

‘समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरूले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो,’ उनले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सूचीले विपन्नलाई पनि ठाउँ दिनुपर्छ। सूचीले कर्णाली बोल्नुपर्छ। सुदुर पश्चिम बोल्नुपर्छ। सूचीले गाउँ बोल्नुपर्छ। तर पार्टीको नेतृ्त्वका आफन्तहरू र पार्टीको भाईटल पोष्टमा हुनेहरू नै समानुपातिक सूचीको लागी आकाङ्क्षि हुनु र त्यहीँ आफ्नो स्पेस बनाउनु/बनाइनुले समानुपातिक प्रविधिको औचित्यमाथि नै प्रश्न गरेको छ। समानुपातिकले समावेश गराउनुपर्छ निषेध होइन!’

कार्कीले फेसबुकमा कर्णाली र सुदूरपश्चिमका नागरिकसँगको तस्वीर पोष्ट गर्दै लेखेकी छन्, ‘पार्टीको महाअधिवेशन नभएसम्मको अवस्थामा आजको दिनसम्म पदाधिकारी या सचिवालय दुवै निर्वाचनबाट बनेको होइन, पार्टीभित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सूचीमा। त्यो पनि प्राइमेरी भोटिङकै धज्जी उडाउदै अग्रपङ्तिमा नाम सुरक्षित गरिने, यो प्रवृति पुराना दलभन्दा धेरै फरक देखिएन। मैले सधैँ भन्ने गरेको छु र फेरी पनि भन्छु, पार्टिको भाईटल पोसिसनमा बस्ने साथीहरूले प्रतक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad