समाज


स्करपियोको ठक्करबाट वृद्धको मृत्यु

स्करपियोको ठक्करबाट वृद्धको मृत्यु

नेपालखबर
पुस १५, २०८२ मंगलबार १९:४१, काठमाडौँ

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा स्करपियोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। 

गैँडाकोट नगरपालिका-१०, स्थित लांघाली चोकमा मंगलबार स्करपियोको ठक्करबाट स्थानीय ८२ वर्षीय भुवनसिंह मस्रांगी मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नवलपुरका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले बताए।

पैदलयात्रीलाई ठक्कर दिएपछि स्करपियोले तीव्रगतिमा हुइँकिएको प्रहरीले जनाएको छ।  स्कारपियोको खोजी भइरहेको सूचना अधिकारी गुरुङले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad