समाज


रौतहटमा ग्यास ट्यांकर सडकमा पल्टिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहटमा ग्यास ट्यांकर सडकमा पल्टिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नेपालखबर
पुस १५, २०८२ मंगलबार १२:२, काठमाडौँ

पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पर्ने रौतहटको चन्द्रनिगाहपुर जंगलमा ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको छ। 

मंगलबार बिहान करिब साढे सात बजे भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ ए २१४ नम्बरको एलपी ग्यास ट्यांकर चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक सडकमा वारपार तेर्सो परेर पल्टिएको हो।

दुर्घटनापछि ट्यांकरबाट ग्यास लिक भइरहेको छ। यसले त्यहाँ दुर्घटनाको जोखिमसमेत बढेको यात्रुहरूले बताएका छन्।  

सम्भावित जोखिमलाई मध्यनजर गर्दै अहिले सवारी आवागमन पूर्ण रूपमा रोकिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

दुर्घटनामा ट्याङ्कर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका छन्।

उनको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापामगरले जानकारी दिए। 

हाल पूर्वबाट आएका सवारीसाधन चन्द्रनिगाहपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि र पश्चिमतर्फबाट आएका सावारीसाधन धन्सार पुल नजिक रोकिएका छन्। 

ग्यास ट्याङ्कर उठाउनका लागि जनकपुरबाट ग्यास कम्पनीका प्राविधिकसहितको टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad