समाज


नारायणी अस्पताल भवन निर्माणमा भ्रष्टाचार पुष्टि भएन, सबै प्रतिवादीलाई सफाइ

नारायणी अस्पताल भवन निर्माणमा भ्रष्टाचार पुष्टि भएन, सबै प्रतिवादीलाई सफाइ

नेपालखबर
पुस १४, २०८२ सोमबार १८:३५, काठमाडौँ

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक उपचार भवनको निर्माणमा भ्रष्टाचार भएको पुष्टि नहुने विशेष अदालतले ठहर गरेको छ।

सोमबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मिसिल संलग्न प्रमाणबाट भ्रष्टाचार भएको भन्ने पुष्टि नभएको भन्दै संजयकुमार ठाकुरसहित सबै प्रतिवादीहरुलाई सफाइ दिएको हो।

सम्झौताभन्दा कम मूल्यमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको देखिएको रगुणस्तर तथा लागतको विषयमा आरोपदावीमा कुनै प्रस्न समावेश भएको नदेखिएको अदालतको आदेशमा भनिएको छ। 

प्राविधिक रुपमा असफल भएको निर्माण व्यवसायीले प्रस्ताव गरेको आर्थिक प्रस्तावभन्दा १ करोड ४ लाख ३ हजार ४५८ भन्दा बढी प्रस्ताव गर्ने निर्माण व्यवसायीसँग भवन निर्माण सम्झौता गरेको भन्ने अभियोग दाबीको आधारमा मात्र यी प्रतिवादीहरुको कसुरको मात्रा ठोस रुपमा स्थापित भएको भन्न नमिल्ने आदेशमा भनिएको छ।

भवन निर्माणमा प्रतिवादीहरुको बदनियत रहेको भनी आरोपदाबी रहेको भएतापनि सो दाबी वस्तुनिष्ठ तबरले स्थापित हुने ठोस प्रमाण पेस हुन नसकेको अदालतको ठहर छ। 

यी आधार र कारण देखाउँदै आरोप दाबीबाट सबै प्रतिवादीहरुलाई सफाइ दिने विशेष अदालतको ठहर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad