वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–१ घर भइ हाल काठमाडौंको कीर्तिपुर–११ बस्ने ३८ वर्षीय विशाल कटुवाल रहेका छन्।
उनले एक व्यक्तिलाई न्युजिल्यान्ड पठाइदिने भन्दै १० लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
कटुवाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुझाएको छ।
48
Shares

प्रतिक्रिया