सर्लाहीमा ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।
हरिपुर्वा नगरपालिका–६ मा मधेस प्रदेश ०३–००१ त ८७०४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय अफरोज साह फकिरकी छोरी दुई वर्षकी सोहानी साह फकिरको मृत्यु भएको हो।
शनिबार घर नजिकैबाट बाटो काट्ने क्रममा इँटा लोड गरेको ट्याक्टरले बालिकालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
गम्भीर घाइते बालिकाको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो।
बालिकालाई ठक्कर दिएपछि ट्याक्टर पनि पल्टिएको छ।
प्रहरीले ट्याक्टर चालकलाई पक्राउ गरेको छ।
48
Shares

प्रतिक्रिया