समाज


सवारी दुर्घटनामा बालकसहित २ जनाको मृत्यु

सवारी दुर्घटनामा बालकसहित २ जनाको मृत्यु

नेपालखबर
पुस १३, २०८२ आइतबार १२:४५, काठमाडौँ

धनुषा र कपिलवस्तुमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। 

कपिलवस्तुको कृष्णनगर नगरपालिका-८ जमुनीमा अनटेष्ट लेखिएको मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको हो। 

दुर्घटनामा सोही ठाउँ बस्ने महफुज आलमको छोरा ६ वर्षीय ताहिर खानको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगञ्ज उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते भएका छन्। मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरि जनकपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

जनकपुरधाम उपमहानगरपालिका-१४ बाबा पेट्रोल पम्पस्थित सडकमा ज.७ प ४२८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना भएको हो। 

दुर्घटनामा मोटरसाइकलमा सवार सर्लाही हरिपुर्वा नगरपालिका-१ बस्ने २२ वर्षीय धिरेन्द्र कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

यी दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad