एकजना प्रहरी सहायक निरीक्षक (असई), तीन जना सहायक हबलदारसहित २० जना प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।
प्रहरी प्रधान कार्यालयको कानुन शाखाले शुक्रबार सूचना जारी गर्दै २० जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका जनाएको छ।उनीहरूलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सात दिनको समय दिएको हो।
लामो सयमदेखि सम्पर्कविहीन भएका प्रहरीलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने चेतावनीसमेत दिइएको छ।
हेर्नुहोस् सूचना

189
Shares

प्रतिक्रिया