एमालेका उपमहासचिव योगेश भट्टराई र नेता लालबाबु पण्डितले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारसँगलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन्।
बिहीबार साँझ भट्टराई र पण्डितले डल्लुस्थित नेपाली कम्युनिस्ट पार्टीका नेता खनाल निवासमा पुगेर रविलक्ष्मीलाई भेटेका हुन्।
जेनजी प्रदर्शनको क्रममा भदौ २४ गते खनाल निवासमा आगजनी हुँदा रविलक्ष्मी जलेर गम्भीर घाइते भएकी थिइन्।
रविलक्ष्मी भारतमा उपचारपछि हालै स्वदेश फर्किएकी हुन्। निवास डढेर पूरै ध्वस्त भएपछि खनाल दम्पती अहिले भाडाको घरमा बसेका छन्।
72
Shares

प्रतिक्रिया