समाज


बालाजुमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २१ वर्षीय युवकको मृत्यु, २२ वर्षीय युवक गम्भीर घाइते

मोटरसाइकललाई ठक्कर दिएपछि टिपर चालक भागे
बालाजुमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २१ वर्षीय युवकको मृत्यु, २२ वर्षीय युवक गम्भीर घाइते

घटनास्थल


नेपालखबर
पुस १०, २०८२ बिहिबार ८:१०, काठमाडौँ

काठमाडौँको बालाजुमा गएराति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। 

दुर्घटनामा अर्का युवक गम्भीर घाइते भएका प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए। 

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ बालाजु बाइसधारा मन्दिर नजिकै गए राति करिब साढे १० बजे बा.प्र-०१-००६ ख ३४५४ नम्बरको टिफरले लु.५९ प ७०६४ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। 

दुर्घटनामा अर्घाखाँचीको मालारानी गाउँपालिका -५ घर भई हाल काठमाडौँको बसुन्धरा बस्ने २१ वर्षीय सागर खड्काको मृत्यु भएको एसपी भट्टराईले बताए। 

दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई तत्काल उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो। उनको उपचारको क्रममा राति सबा ११ बजे मृत्यु भएको हो। 

दुर्घटनामा अर्घाखाँची सन्धिखर्क नगरपालिका घर भई हाल काठमाडौँ-१६ बालाजु हाइट बस्ने २२ वर्षीय लक्ष्मण राउत़ गम्भीर घाइते भएका छन्। 

उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

शरीरका विभिन्न भागमा चोट लागेका उनी बोल्न नसक्ने अवस्थामा रहेका प्रहरीले जनाएको छ। दुर्घटनापछि टिपर चालक फरार छन्। टिपर भने बालाजु प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad