भारतको उत्तर प्रदेशस्थित अलिगढ मुस्लिम विश्वविद्यालय (एएमयू) मा बुधबार साँझ गोली हानी एक शिक्षकको हत्या गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुई अज्ञात नकाबधारी बन्दुकधारीले उक्त क्याम्पसभित्रै पसेर कम्प्युटर शिक्षक राव दानिसको हत्या गरेका हुन्। दानिस पुस्तकालय क्यान्टिननजिकै हुँदा गोली हानेर आक्रमणकारीहरू भागेका थिए।

नजिकै रहेका मानिसहरूले घाइते शिक्षकलाई मेडिकल कलेज लगे पनि डाक्टरले उनलाई मृत घोषणा गरे।
गोली किन र कसले चलाएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
शिक्षक दानिस राव २०१५ देखि स्कुलमा कम्प्युटर शिक्षकका रूपमा कार्यरत थिए।
507
Shares

प्रतिक्रिया