समाज


ललितपुर र भक्तपुरबाट जुवा खेलिरहेका २५ जना पक्राउ

ललितपुर र भक्तपुरबाट जुवा खेलिरहेका २५ जना पक्राउ

फाइल तस्बिर


नेपालखबर
पुस ९, २०८२ बुधबार १३:२८, काठमाडौँ

प्रहरीले ललितपुर र भक्तपुरबाट जुवातास खेलिरहेको अवस्थामा २५ जनालाई पक्राउ गरेको छ। 

भक्तपुरको सूर्यविनायक नगरपालिका-५ चुनदेवीबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएका ३२ वर्षीय कुशलमगरसहित १० जना रहेका प्रहरीले जनाएको छ। 

उनीहरुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५२ हजार ४ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो।

त्यसैगरि भक्तपुर नगरपालिका-८ च्यामासिंह बस्ने माइला मारीखुको घरमा जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-७ बागेश्वरी बस्ने ५१ वर्षीय नारथ कार्कीसहित ७ जना छन्। उनीहरुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई ७३ हजार ७ सय २५ रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो।

त्यसैगरि ललितपुरको महालक्ष्मी नगरपालिका-२ आँगन पार्टी प्यालेसको पछाडि रहेको टहरामा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा सोही नगरपालिका-१ इमाडोल बस्ने गोरखा घर भएका ३२ वर्षीय सुनिल क्षेत्रीसमेत ८ जना छन्। उनीहरुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। 

प्रहरी वृत्त सातदोवाटोबाट र प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार ४ सय ४७ रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

त्यसैगरि दार्चुलाको महाकाली नगरपालिका-४ नमुना टोल खलंङ्गा बजार बस्ने ४२ वर्षीय गौरव लाल चुनाराको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा गौरव समेत ६ जना छन्। उनीहरुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ५ सय ८५ रूपैयाँ र ४ बुक ताससमेत बरामद गरेको छ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad