मोरङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। अर्का फरार छन्।
मिक्लाजुङ गाउँपालिका–१ कोलबोटे बस्ने ५० वर्षीय गणित भन्ने गणेश राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
गणेश र सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरूमध्ये गणेशलाई पक्राउ गरेको हो।
प्रहरीले हाल फरार रोमनको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
177
Shares

प्रतिक्रिया