ad ad

समाज


नेपाल इन्जिनियरिङ कलेजद्वारा विद्यार्थीलाई राहत वितरण

नेपाल इन्जिनियरिङ कलेजद्वारा विद्यार्थीलाई राहत वितरण

नेपालखबर
बैशाख २१, २०७७ आइतबार १०:५,

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरले आफ्ना विद्यार्थीलाई राहत वितरण गरेको छ।

लकडाउनसँंगै समस्यामा परेका कलेज आसपासको चाँंगुनारायण नगरपालिका वडा नं १, २, ३ र ४ वडाहरुमा डेरा गरी वस्ने ५५ जना विद्यार्थीलाई खाद्यान्नलगायतका राहत सामग्री वितरण गरिएको कलेजले जनाएको छ। स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशाशन, कलेज सञ्चालक समितिका पदाधिकारीहरुको संयुक्त पहलबाट ५५ जना विद्यार्थीलाई राहत सामाग्री वितरण गरिएको कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले बताए।

स्नातक तहको इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई दुई महिनासम्म पुग्ने खाद्य सामग्री राहतस्वरुप हस्तान्तरण गरेको उनले जानकारी गराए। कलेजका अनुसार प्रति विद्यार्थी साढे १२ किलोग्राम चामल, दुई थरीको दाल एकएक किलोग्राम, एक धार्नी आलु, एक प्याकेट नुन, एक लिटर तेल र एक प्याकेट गरम मसाला वितरण गरिएको हो। विद्यार्थीहरुको डेरा डेरामा गई राहत सामग्री हस्तान्तरण गरिएको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .