समाज


सुरुवाती मापनमा घट्यो काठमाडौँको न्यूनतम तापक्रम

सुरुवाती मापनमा घट्यो काठमाडौँको न्यूनतम तापक्रम

नेपालखबर
पुस ६, २०८२ आइतबार ६:१८, काठमाडौँ

सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो (शनिबार) भन्दा आज (आइतबार) घटेको छ। 

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस देखिएको हो।

शनिबार यो बेला उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस थियो। हिजोभन्दा आज उपत्यकाको न्यूनतम तापक्रम दशमलव २ डिग्री सेल्सियस घटेको हो। यसको अर्थ उपत्यकामा हिजो बिहानभन्दा आज थोरै भए पनि चिसो बढेको छ। 

त्यसो त शनिबार बिहान ८:४५ बजे भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियसमा झरेको थियो।

आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८:४५ बजे पुन: मापन गरिनेछ। त्यतिबेला अहिलेको भन्दा थप घट्ने सम्भावना हुन्छ। 

सबैभन्दा कम तापक्रम नै त्यस दिनको न्यूनतम तापक्रम हुन्छ भने सबैभन्दा बढी तापक्रम अधिकतम तापक्रम हुन्छ। 

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ। न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

हिजो शनिबार यस्तो थियो काठमाडौँसहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad