ad ad

समाज


भारतमा कोरोनाबाट १३ सयको मृत्यु, ४० हजार संक्रमित

भारतमा कोरोनाबाट १३ सयको मृत्यु, ४० हजार संक्रमित

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ८:२,

पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको संक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने २ हजार ६४४ जना संक्रमित भेटिएका छन्।

भारतमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३२३ जना पुगेको छ भने संक्रमितको संख्या ३९ हजार ९८० जना पुगेको भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

हाल भारतमा कोरोना संक्रमितमध्ये १० हजार ६३३ जना निको भएका छन्। कूल संक्रमितमध्ये २८ हजार ४६ जना उपचारकै क्रममा रहेका छन्। भारतीय राज्य महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित देखिएका छन्।

प्राप्त विवरण अनुसार त्यहाँ संक्रमितको संख्या १२ हजार २९६ पुगेको छ भने ५२१ जनाको मृत्यु भएको छ।

गुजरातमा ५ हजार ५४ जना संक्रमित भएका र २६२ जनाको मृत्यु भएको छ। राजधानी नयाँदिल्लीमा ४ हजार १२२ जना संक्रमित भएका मध्ये ६४ जनाको ज्यान गएको छ। एक हजार २५६ जनाको उपचार गरिएको छ।

भारतमा पहिलो पटक कोरोना देखिएको केरला राज्यमा ४९९ जनामा कोरोना संक्रमण देखिएको छ।

भारतमा आगामी मे १७ तारिखसम्म लकडाउन घोषणा गरिएको छ। तर कोरोना संक्रमणको आधारमा मुलुकलाई अति प्रभावित, सामान्य र कोरोना संक्रमण नदेखिएका क्षेत्रमा वर्गीकरण गरी लकडाउनलाई खुकुलो पारिने भारतीय गृह मन्त्रालयले जनाएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .