ad ad

कारोबार


ग्लोकल स्कुलले अनलाइन हाजिरीजवाफ एसईई संस्करण आयोजना गर्ने

ग्लोकल स्कुलले अनलाइन हाजिरीजवाफ एसईई संस्करण आयोजना गर्ने

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ८:२०,

ग्लोकल आफ्टर स्कुलले ‘नलेज मास्ट्रो एसईई एडिसन’ अनलाइन हाजिरीजवाफ आयोजना गर्ने भएको छ । अनलाइनबाट घरै बसेर खेल्न सकिने उक्त प्रतियोगिताको लागि स्कुलले आवेदन माग गरेको हो।

एसईई दिन तयार विद्यार्थीलाई लक्षित गरी काठमाडौं वर्ल्ड स्कुलसँगको सहकार्यमा प्रतियोगिता आयोजना हुनलागेको स्कुलले जनाएको छ। यसअघि पनि लकडाउनमै स्कुलले नलेज मास्ट्रो आयोजना गरिसकेको छ। यसअघि दुईवटा संस्करण गरिसकेको स्कुलले तेस्रो संस्करणअन्तर्गत यो प्रतियोगिता आयोजना गर्नलागेको हो।

मे ८ बाट सुरु हुने प्रतियोगितामा तीन विजेतालाई पुरस्कृत गरी मे १० मा समाप्त हुने स्कुलले जनाएको छ। विजेताले २५ हजार नगद र कक्षा ११ र १२ मा ५० प्रतिशत छात्रवृत्ति शिक्षण शुल्क, पहिलो रनर अपले १५ हजार नगद र ३० प्रतिशत छात्रवृत्ति तथा दोस्रो रनर अपले १० हजार नगद र २० प्रतिशत छात्रवृत्ति पाउनेछन्।

छात्रवृत्तिको लागि काठमाडौं वर्ल्ड स्कुलमा प्रक्रिया पूरा गर्नुपर्ने स्कुलले जनाएको छ। ग्लोकल प्रालिका कार्यकारी निर्देशक आशिष ठाकुरले महामारीको अवस्थामा सबै विद्यार्थी घर बसेको समेयमा विशेष गरी एसईई परीक्षा दिने विद्यार्थीलाई लक्षित गरी बौद्धिक गतिविधिमा संलग्न गराउन प्रतियोगिता आयोजना गरिएको जानकारी दिए।

उनका अनुसार यो प्रतियोगिता नकआउट, सेमिफाइनल राउन्ड र फाइनल गरी ३ चरणको हुनेछ।

पहिलो चरणमा एस इ ई दिनलागेका विद्यार्थीहरू ग्लोकल अफ्टर स्कूलद्वारा आयोजितआधिकारिक पोर्टल मार्फत प्रतियोगितामाभागलिन सक्दछन्। यस राउन्डमा अंग्रेजी र नेपाली५० प्रश्नहरु समाबेश गरिनेछन।यस राउण्डको अन्तमा २४ जनाप्रतियोगि छानिनेछन र दोश्रो राउण्डकोलाई अगाडी बढाइने छन् ।

दोस्रो चरणमा २४ प्रतियोगीले सामाजिक र विज्ञान सम्बन्धित २० प्रश्नहरुको उत्तर दिनुपर्नेछ र अन्त्यमाउत्कृस्ट ज्ञटप्रतियोगी छानिनेछन र तेस्रो चरणमा १६ प्रतियोगीले यस राउण्डमा विज्ञानसम्बन्धित २० प्रश्नहरुको सामनागर्नु पर्नेछन । सबै अंकको मूल्यांकन गरी ३ विजेताहरुको घोषणा गरिनेछ र सोहि विजेताहरुलाई नगद पुरस्कार, छात्रवृत्ति र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगीले स्कुलको वेबसाइट (यहाँ क्लिक गर्नुहोस्)बाट दर्ता गर्न सक्नेछन्। साथै यसका केही मापदण्डहरु रहेका छन्, जसमा सहभागीहरू एस इ ई दिनलागेका विद्यार्थीहरू हुनुपने, सबै प्रतियोगी संग २ उपकरण हुनुपर्नेछ (प्राथमिकतास् ल्यापटप, मोबाइल), सहभागीहरूसँग नेटवर्क जडान हुनुपर्दछ र यदिक्विजमा इन्टरनेटको कारणले कुनै विच्छेद भयो भने ग्लोकलजिम्मेवार हुनेछैन ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .