ad ad

समाज


लकडाउन खुकुलो हुँदै गएपछि जर्मनीमा चर्चहरु खुल्न थाले

लकडाउन खुकुलो हुँदै गएपछि जर्मनीमा चर्चहरु खुल्न थाले

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ७:३५,

जसका कारण जर्मनीले त्यहाँ लागू गरेको लकडाउन खुकुलो बनाउँदै गएको छ।

हालसम्म जर्मनीमा एक लाख ६४ हजार ९६७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। तीमध्ये ६ हजार ८१२ को मृत्यु भइसकेको छ भने एक लाख ३० हजार ६ सय उपचारपछि स्वस्थ बनेका छन्।

हालैका दिनमा कोरोनाको असर कम हुन थालेपछि जर्मनी सामान्य अवस्थामा फर्कदैछ। यसबीचमा जर्मनीमा चर्चहरु खुल्न थालेका छन्।

तर चर्चले सरकारले भनेको नियम पालना गर्नुपर्नेछ। चर्चमा उपस्थित मानिसहरुले २ मिटरको दुरी कायम गर्नुपर्नेछ भने उनीहरुले गीत गाउन पाउने छैनन्। चर्चमा जानेले मास्क लगाउनु पर्नेछ।

यसअघि पसलहरु खुलाइएको थियो। चर्च, मस्जिदजस्ता धार्मिकस्थलहरु पनि खोल्न पाउनुपर्ने माग बढेपछि हाल चर्च तथा मस्जिदहरु खोल्न अनुमति दिइएको हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .