ad ad

समाज


प्रदेश २ मा कोरोना परीक्षण : पाँच सयको रिपोर्ट आउन बाँकी

प्रदेश २ मा कोरोना परीक्षण : पाँच सयको रिपोर्ट आउन बाँकी

नेपालखबर
बैशाख २१, २०७७ आइतबार २:४६,

प्रदेश २ मा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वाबको नमूना सङ्कलन निरन्तररूपमा भइरहेको छ।

शनिबार मध्याह्नसम्ममा प्रदेश २ मा दुई हजार ४१० को स्वाबको नमूना सङ्कलन गरिएको छ। त्यसमध्ये एक हजार ९१० को परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ भने ५ सय जनाको रिपोर्ट आउन बाँकी छ।

यसअघि कोरोना प्रमाणित भएका १२ मध्ये चार जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने आठ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको समाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए।

प्रदेश २ मा चौबीस घण्टादेखि आरडिटी परीक्षण गरिएको छैन। यसअघि यस प्रदेशको आठवटै जिल्ला गरी पाँच हजार २२३ को आरडिटी परीक्षण गरिएको थियो।

प्रदेशमा शनिबारसम्म एक हजार ३०७ क्वारेन्टाइन, चार हजार ५३२ होम क्वारेन्टाइन र २३ जना आइसोलेसनमा बसेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .