चेक अनादर मुद्दामा अदालतबाट दोषी ठहर भइ फरार एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको डिल्ली बजार घर भई चप्पलकारखाना बस्ने ७७ वर्षीय शोभन शम्शेर जबरा रहेका छन्।
नीरा थापाको वादी भएको चेक अनादर मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७९ पुस १७ गतेको फैसलाले विगो बमोजिमको रकम रु १० लाख र सो को ब्याज वापत अदालतको २०८१ पुस ५ गतेको आदेशानुसार २ वर्ष सजाय तोकिएको थियो।
फरार रहेका जबरालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले पुस १ गते दरबारमार्गबाट पक्राउ गरेको हो।
उनीविरुद्ध फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।
18
Shares

प्रतिक्रिया