समाज


सतुंगलमा मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु

सतुंगलमा मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु

नेपालखबर
पुस १, २०८२ मंगलबार १४:५, काठमाडौँ

काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

गएराति प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल र बाप्र ०२–०६१ प ३८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठाेकिँदा ती युवको मृत्यु भएको हाे।

मृत्यु हुनेमा प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल चालक सोही ठाउँका २५ वर्षीय आयुष महर्जन रहेका प्रहरीले जनाएको छ।
 
दुर्घटनामा गम्भीर घाइते भएका उनको एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad