ad ad

समाज


जर्मनीले नेपाललाई २० हजार पीसीआर सहयोग गर्ने, पहिलो चरणमा तीन हजार थान प्रदान

जर्मनीले नेपाललाई २० हजार पीसीआर सहयोग गर्ने, पहिलो चरणमा तीन हजार थान प्रदान

नेपालखबर
बैशाख २०, २०७७ शनिबार ११:५२,

कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि जर्मनीले नेपाललाई २० हजार थान पीसीआर उपकरण सहयाेग गर्ने भएको छ।

कोरोना भाइरस संक्रमणविरुद्ध संघर्षमा मद्दत पुगोस् भनेर जर्मनीले पहिलो चरणमा ३ हजार थान पीसीआर नेपाल ल्याइएको बताएको छ।

संघीय गणतन्त्र जर्मनीको राजदूतावासले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै बाँकी पीसीआर र अन्य उपकरण स्थलमार्ग हुँदै चीनबाट ल्याइने जानकारी दिएको छ।

आजै ३ हजार थान पीसीआर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।

नेपालका लागि जर्मनीका राजदूत रोलान्ड सेफेरले महामारीको वर्तमान अवस्थामा गुणस्तरीय स्वास्थ्य उपकरणबाट संक्रमण भए नभएको परीक्षण गर्नु अपरिहार्य भएकाले सहयोग स्वरूप ती उपकरण उपलब्ध गराइएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .