ad ad

खेल


अमेरिकी महिला फुटबल टोलीको पुरुष सरह तलबको माग अदालतद्वारा खारेज

अमेरिकी महिला फुटबल टोलीको पुरुष सरह तलबको माग अदालतद्वारा खारेज

नेपालखबर
बैशाख २०, २०७७ शनिबार १२:०,

महिला फुटबल टोलीले आफूहरुलाई पुरुष सरह तलब हुनुपर्ने माग गरेका थिए।

गतवर्ष २८ जना राष्ट्रिय महिला फुटबल खेलाडीले आफ्नो तलब पुरुषको भन्दा निकै कम भएको भन्दै अमेरिकी फुटबल संघविरुद्ध मुद्दा दर्ता गरेका थिए।

उनीहरुले समान ज्यालाको हक अन्तर्गत आफूहरुलाई ६६ करोड डलर क्षतिपूर्ति पनि दिनुपर्ने माग गरेका थिए।

हाल अमेरिकी अदालतले महिला टोलीको माग खारेज गरेपछि खेलाडीहरु दुखी बनेका छन्। यद्यपी महिला खेलाडीहरुले अधिकारको लागि लडिरहने प्रतिक्रिया दिएका छन्।

अदालतले महिला टोलीलाई पनि राम्रो व्यवस्था भएको भन्दै उनीहरुको माग अस्वीकार गरिएको बताएको छ।

अमेरिकाको राष्ट्रिय महिला फुटबल टोलीले हालसम्म पाँच ओलम्पिक गोल्ड मेडल जितेको छ भने सन् २०१९ को समेत गरी चारपटक विश्वकप जितेको छ।

महिला फुटबल खेलाडीका अनुसार पुरुष खेलाडीलेभन्दा राम्रो नतिजा दिएपनि तलबमा भने असमानता छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .